सिरहामा सात वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ | khabardiary.com
Menu

सिरहामा सात वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

Saturday, March 9th, 2019, 9:39 am

सिरहा, फागुन २४ गते ।सिरहामा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका ८ का २० वर्षीय सञ्जय साह तेली रहेको प्रहरीले जनाएको छ ।
बिहीबार गाउँकै एक साता वर्षीया बालिकालाई अप्राकृतिक मैथुन गरेको अभिभावगकले उजुरी दिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । सिरहा प्रहरीका अनुसार दुवैजनाको स्वास्थय परीक्षण गरिएको छ । बालिकाको योनीबाट रक्तश्राव हुँदा जिल्ला अस्पताल सिरहामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।