सिरहामा खोलाबाट भरुवा बन्दुक बरामद | khabardiary.com
Menu

सिरहामा खोलाबाट भरुवा बन्दुक बरामद

Wednesday, April 10th, 2019, 7:14 pm

सिरहा, चैत २७ गते ।सिरहा प्रहरीले एकथान भरुवा बन्दुक बरामद गरेको छ । कल्याणपुर नगरपालिका २ चतरी घाटको घुर्मी खोलाको छेउमा बालुवामा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको हो ।
ईलाका प्रहरी कार्यालय कल्याणपुर, सिरहाबाट खटेको प्रहरी टोलीले सो बन्दुक बरामद गरेको जनाएको छ । सिरहा प्रहरीका अनुसार बन्दुक कसले लुकाएर राखेको थियो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।