सिरहामा एक साता नवित्दै दुई हत्याको शव रहस्यमय फेला | khabardiary.com
Menu

सिरहामा एक साता नवित्दै दुई हत्याको शव रहस्यमय फेला

Monday, March 11th, 2019, 6:23 pm

सिरहा, फागुन २७ गते ।
सिरहामा एक साता नवित्दै दुई हत्याको शव रहस्यमय फेला परेको छ । दुवै शवको बारेमा आमनागरिकमा निकै खुलदुली मच्चेको छ । शव हत्या गरेर फालेको हुनसक्ने स्थानीयहरुले दावी गरिरहेका छन भने लहान प्रहरीले मदिरा सेवन गरेर मृत्यु भएको हुन सक्ने बताईरहेको छ ।
लहान ११ पडरिया स्थित रहेको सत्यम ट्रेर्डस्मा कार्यरत विकास पाण्डेको शव फागुन २३ गते फेला परेको थियो । ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवका अनुसार पाण्डे र उनका साथीहरुले फागुन २२ गते राति मदिरापान गरी सुतेका थिए । पाण्डेको सुतेकै ठाँउमा मृत्यु भएपछि हामीलाई खबर आयो । त्यस लगत्तै आवश्यक छानविन शुरु गरिएको प्रहरी निरीक्षक यादवले बताएका छन् ।
प्रहरी निरीक्षक यादवले भने पाण्डेको शरिरमा त्यस्तो कुनै किसिमको चोटपटक नलागेकोले मदिरा सेवनबाटै मृत्यू हुनसक्ने आसंका हाम्रो अनुमान छ ।
महोत्तरी घर भएको पाण्डेका परिवारले उहाँका साथीहरुले आपसी विवादमा हत्या गरिएको हुन सकेने भन्दै साथीहरु बिरुद्ध छानविनको लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिनुभएको छ । यस विषयमा प्रदेश २ सरकारलाई चासो लागेको स्रोतको भनाइ छ ।
यता, फागुन २६ गते सीमावर्ती क्षेत्र ठाडीमा एक शव फेला परेको छ । भारतको लौकहा निवासी सन्तोष कुमार साह नेपालको ठाडीबाट मदिरा सेवन गरी रिक्सा चलाउँदै घर फर्किरहेको अवस्थामा बाटोमै लडेर उनको मृत्यू भएको लहान प्रहरीले दावी गरिएको छ ।
अन्दाजी ६० बर्षीय साहका पत्नी केही दिन पहिले घरबाट भागेकोले उहाँ मानसिक तनावमा रहँदै आएको स्थानीयहरु बताउँछन् । उनको शव नजिक केही मदिराको बोतल समेत रहेको थियो । रहस्यमय हत्या भएको हो स्थानीयहरुले बताउँछन् ।
उता, सिरहाको धनगढीमाई ६ घर भएको१७ बर्षीय सुवाष यादवलाई सिमापारी भारतको खुटौनामा गोली हानेर हत्या भएको अवस्थामा एक महिना अगाडि शव फेला परेको थियो ।
त्यसैगरी माघ १८ गते बेपत्ता भएका लहान २४ का ३५ बर्षीय गजेन्द्र यादवको शव पनि भारतको पिपराही पर्साहीमा फेला परेको थियो । उनलाई छुरा रोपेर हत्या गरिएको थियो । यसैबीच, लहानक्षेत्रबाट केहि दिन अगाड़ी देखी पाँच बालक बेपत्ता रहेको जानकारीमा आएको छ ।