सिरहामा अवैध सुनसहित एक युवक पक्राउ | khabardiary.com
Menu

सिरहामा अवैध सुनसहित एक युवक पक्राउ

Saturday, April 13th, 2019, 9:44 am

सिरहा, चैत २९ गते ।सिरहामा अवैध सुनसहित एक युवकलाई पक्राउ परेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति ११ बज सवारी साधन जाँचको क्रममा तीन लाख मूल्य पर्नेव ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपुर घर भएका २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका २१ स्थित पिप्रा टोलमा सवारीसाधन जाँच गर्ने क्रममा राइनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। राइनलाई दुई लाख ८१ हजार ५९ रुपैयाँ मूल्य पर्ने ५० ग्राम अवैध सुनसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताएका छन् ।
स. ६ प. ६८०१ नम्बरको मोटरसाइकल चढेर ग्रामीण भेगको भित्री सडक हुँदै घर आउँदै गरेका राइनलाई अवैध सुनसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि माडर भन्सार कार्यालय खैरटोकामा बुझाइएको प्रहरीले जनाए ।
पछिल्लो तीन महिनाको अवधिमा प्रहरीले सिरहामा अवैध सुनसहित पक्राउ गरेको दोस्रोपटक हो। त्यसअघि प्रहरीले सिरहाको पछिल्लो पुस २८ गते बिहान छ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो।