सिरहाको सदरमुकामबाट ट्रयाक्टरसहित अवैध काठ बरामद | khabardiary.com
Menu

सिरहाको सदरमुकामबाट ट्रयाक्टरसहित अवैध काठ बरामद

Wednesday, April 10th, 2019, 7:10 pm

सिरहा, चैत २७ गते ।सिरहाको जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिका–६ बाट प्रहरीले मंगलबार साँझ ट्रयाक्टरसहित अवैध काठ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–६ बसबिट्टा गाउँको भित्री सडकमा चेकजाँच गर्ने क्रममा ना. ४ त ३६९८ नम्बको ट्रयाक्टरम आधिकारिक कागजात नभएको सिसौ र सिरिसको २६ थान काठसहित ट्रयाक्टर बरामद गरेको हो।
बरामद गरिएको ट्रयाक्टर र काठ कारबाहीका लागि लहानस्थित डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।