सर्लाहीमा खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गयो | khabardiary.com
Menu

सर्लाहीमा खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गयो

Wednesday, April 10th, 2019, 7:07 pm

सर्लाही, चैत २७ गते ।सर्लाहीमा खाल्डोमा डुबेर २ बालिकाको ज्यान गएको छ ।
सर्लाहीको हरिवन ४ का जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो ।
स्थानीय गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर मंगलबार राति दुवै बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसोदेखि बेपत्ता भएका दुबै बालिकाको राति अबेर स्थानीयले पानीमा डुबेको अवस्थामा शव फेला परेका थिए ।
इँटा उद्योगमा काम गर्ने मजदुरले पानीमा तैरिरहेको अवस्थामा बालिकाहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दुवै मृतकको शव परिक्षणका लागि राति मलंगवा अस्पताल पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जनाएको छ ।