सप्तरीमा साइकलबाट लडेर एकको मृत्यु | khabardiary.com
Menu

सप्तरीमा साइकलबाट लडेर एकको मृत्यु

Monday, March 11th, 2019, 6:26 pm

सप्तरी, फागुन २७ गते ।
सप्तरीमा साइकलबाट लडेर आइतबार राति एक युवकको मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णसवरण गाँउपालिका ५ का वर्ष २९ को डिल्लीराम अर्यालको साइकलबाट लडेर मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी साइकल चलाइरहेका अर्याल घर नजिकैको पुलबाट खसेका थिए। शरीरको भित्री भागमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताए ।
अर्याललाई उपचारका लागि कञ्चनरुपको ठेलियास्थित धर्मेश्वर अस्पताल, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हुँदै विराटनगरको नोबेल अस्पताल र्पुयाइएको थियो।
उनको उपचारका क्रममा राती साढे १ बजे अर्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।