भारतबाट एसबेस्टस ल्याउँदै गर्दा सप्तरीमा तीन पक्राउ | khabardiary.com
Menu

भारतबाट एसबेस्टस ल्याउँदै गर्दा सप्तरीमा तीन पक्राउ

Wednesday, April 10th, 2019, 7:24 pm

चैत्र २७ गते,रामनारायण यादव ,सप्तरी । भारतबाट एसबेस्टस ल्याउँदै गर्दा प्रहरीले सप्तरीमा तीन जनालाई पक्राउ गरेको छ ।सप्तरीको डाक्नेश्वरी नगरपालिका १० का सुरेन्द्र प्रसाद यादव, भारतीय नागरिक उपेन्द्र यादव र विपिन यादवलाई प्रहरीले पक्राउ गरेको हो । मंगलवार राति भारतबाट बैलगाडीमा एसबेस्टस ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
एसबेस्टस अन्दाजी २ लाख ५० हजार बराबरको रहेको छ । नेपालमा एसबेस्टस कारोबारमा प्रतिबन्ध लगाइएको छ । बरामद एसबेस्टस कार्यालय परिसरमा नष्ट गरिएको शसस्त्र प्रहरी वेस क्याम्प पातोका इन्सपेक्टर सुरेन्द्रराज खड्काले जानकारी दिए ।
एसबेस्टससँगै दुई वटा बैलगाडी, चार गोरु पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।