बैंक तथा वित्तीय क्षेत्रको पहुँचमा प्रदेश २ बसै प्रदेशभन्दा पछि | khabardiary.com
Menu

बैंक तथा वित्तीय क्षेत्रको पहुँचमा प्रदेश २ बसै प्रदेशभन्दा पछि

Wednesday, June 13th, 2018, 7:50 pm

जनकपुरधाम, जेठ ३० गते ।बैंक तथा वित्तिय क्षेत्रको पहुँचका हिसाबले प्रदेश नम्बर २ अन्य प्रदेश भन्दा पछि परेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्ख अनुसार देशभर वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका  ३ हजार ६ सय ७३ शाखा सञ्चालनमा छन् ।सबैभन्दा धेरै शाखा प्रदेश नम्बर ३ मा छन् भने सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा छन् । तर कर्णाली प्रदेशमा भन्दा धेरै बैंक तथा वित्तिय संस्थाका शाखा प्रदेश २ मा भए पनि जनसंख्याको अनुपातमा हिसाव गर्दा प्रदेश २ पछि परेको छ ।कर्णाली प्रदेशमा १३ हजार ८ सय ३३ जनसंख्या बराबर एउटा शाखा रहेको छ भने प्रदेश २ मा १७ हजार ९ सय ७३ जनसंख्या बराबर एउटा शाखा रहेको छ ।क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाको प्रति शाखा जनसंख्यालाई हेर्दा प्रदेश २ ले मा एक शाखाले १७ हजार भन्दा धेरै नागकिरलाई सेवा पु¥याएको छ भने प्रदेश ३ मा सबैभन्दा कम ४ हजार ६ सय ४० जनसंख्यालाई सेवा सेवा दिएको छ ।केन्द्रीय बैंकको प्रतिवेदन अनुसार प्रदेश १ मा एक शाखाले ८ हजार ३ सय ३७ जनसंख्यालाई सेवा दिइरहेको छ । प्रदेश २ मा १७ हजार ९ सय ७३, प्रदेश ३ मा ४ हजार ८ सय ५३,  प्रदेश ४ मा ४ हजार ६ सय ४०, प्रदेश ५ मा ७ हजार ६ सय ९४,  कर्णाली प्रदेशमा १३ हजार ८ सय ३३ र प्रदेश ७ मा एक शाखाले १३ हजार ३९ जनसंख्यालाई सेवा दिइरहेको छ ।