प्रदेश २ मा भोली जुडशितलको सार्वजनिक विदा | khabardiary.com
Menu

प्रदेश २ मा भोली जुडशितलको सार्वजनिक विदा

Sunday, April 14th, 2019, 10:46 pm

जनकपुरधाम, वैशाख १ गते ।प्रदेश २ सरकारले भोली वैशाख २ गते जुडशितलको अवसरमा सार्वजनिक विदा घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रीले एक विज्ञप्ती जारी गर्दै जुडशितलको अवसरमा वैशाख २ गते सोमबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराउनु भएको छ ।मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत जुडशितल धुमधामसंग मनाउने गरिन्छ । अग्रज एवं जेष्ठले आफुभन्दा सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरी सितलता, सुख, शान्ति, एवं दिर्घायुको कामना गरी आशिर्वाद दिने चलन छ ।
यस्तै रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजोल गर्ने गरिन्छ । जुडशितलको दिन यस दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्टान परिकार खाने चलन छ ।