दाइजोको कथावस्तुमा निर्माण भएको “भोर : द फर्स्ट लाइट” प्रदर्शन शुक्रबारदेखि | khabardiary.com
Menu

दाइजोको कथावस्तुमा निर्माण भएको “भोर : द फर्स्ट लाइट” प्रदर्शन शुक्रबारदेखि

Thursday, May 3rd, 2018, 5:31 pm

काठमाडौं, २० बैशाख । मिडिया फर कल्चर प्रालिको ब्यानरमा मधेशको कुप्रथा दाइजोको कथावस्तुमा निर्माण भएको “भोर : द फर्स्ट लाइट” प्रदर्शन शुक्रबारदेखि देशव्यापीरुपमा प्रदर्शन हुँदैछ ।ऐतिहासिक सफल नेपाली चलचित्र झोलाका निर्देशक यादव भट्टराईद्वारा निर्देशित भोरमा दाइजोका कारण कसरी छोरी बेटी प्रताडित हुने, हत्या हिंसा हुने लगायतका विषयवस्तु समेटिएको छ । चलचित्रमा मधेशका कलाकारहरुको मुख्य भूमिका रहेको र मधेशको यथार्थवादी चलचित्र रहेकोले यसले मधेश मात्र नभई समग्र नेपालमै राम्रो व्यापार गर्ने अपेक्षा निर्देशक भट्टराई लिएका छन् । चलचित्रमा मधेशका दिग्गज कलाकारहरु रामनारायण ठाकुर, बीएन पटेल, डोली सरकार,पुजा कर्ण, अनितारानी मण्डल लगायतको अभिनय रहेको छ  ।