डा.भोला रिजालको मर्मस्पर्शी शब्द रहेको भिडियो सार्वजनिक | khabardiary.com
Menu

डा.भोला रिजालको मर्मस्पर्शी शब्द रहेको भिडियो सार्वजनिक

Tuesday, September 26th, 2017, 9:14 pm

नेपालीमा एउटा भनाई छ, श्रीमान र श्रीमती एक रथका दुई पाङ्गा हुन् । जीवनलाई सहज तथा अर्थपुर्णरुपमा अघि बढाउनका लागि प्रत्येक श्रीमान् र श्रीमतीको भुमिका उत्तिकै महत्वपुर्ण रहन्छ । अहिलेको आधुनिक समाजमा त उमेर ढल्किदै गर्दा अझबढि श्रीमान्लाई श्रीमतीको जति आवश्यकता महशुस हुन्छु त्यसैगरी श्रीमतीलाई पनि श्रीमानको उत्तिकै आवश्यकता महशुस हुन्छ । समाजमा रहेका यस्तै तितो तथा यथार्थ घटनालाई मध्यनजर गर्दै बरिष्ठ चिकित्सक तथा सर्जक डा.भोला रिजालको शब्द रहेको गीतको भिडियो ” उमेर ढल्दै जादा ” डा. रिजालको आफ्नै अफिसियल युटुब च्यानलमार्फत आज सार्वजानिक गरिएको छ । काठमाडौंको धुम्बाराहिस्थित एक कार्यक्रम गरी उक्त भिडियो सार्वजानिक गरिएको हो । रामकृष्ण ढकालको स्वर रहेको उक्त गीतलाई आलोक श्रीले संगीत भरेका छन् । सयौ गीतमा कलम चलाईसकेका डा. रिजाको सो भिडियोमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र बसुन्धारा भुसालले जीवन्त अभिनय गरेका छन् । शब्दमा जति मिठास पाईन्छ, भिडियो पनि उत्तिकै राम्रो बनेको छ । सञ्चारकर्मी चन्दा घिमिरेले निर्देशन गरेको उक्त भिडियोलाई सुरेन्द्र दाहालले सम्पादन गरेका छन् ।