डा. केशव पौडेललाई अमेरीकामा “हेल्थ केयर हिरो” सम्मान | khabardiary.com
Menu

डा. केशव पौडेललाई अमेरीकामा “हेल्थ केयर हिरो” सम्मान

Thursday, May 18th, 2017, 2:03 am

अमेरीका-  गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाका अध्यक्ष डा. केशव पौडेललाई अमेरीकामा “हेल्थ केयर हिरो” सम्मान प्रदान गरिएको छ ।

न्यु मेक्सीको राज्य स्थित एलएमजी हस्पिटल ग्रुपमा मेडिकल डाइरेक्टरका रुपमा कार्यरत डा. पौडेललाई सो संस्थाले बुधबार हेल्थ केयर हिरोको सम्मान प्रदान गरेको हो ।

लभलेस सिस्टम अन्र्तगत डा. पौडेल कार्यरत सो ग्रुपका न्यु मेक्सिको राज्यमा ५ हस्पिटल र करिब ५ हजारको हाराहारीमा कर्मचारी कार्यरत रहेकोमा डा. पौडेल उत्कृष्ट ठहरिंदै हेल्थ केयर हिरो सम्मानले सम्मानित हुनुभएको बताइएको छ ।

आफ्नो क्षेत्रमा मुस्कानका साथ जिम्मेवारी पुरा गर्न तत्पर रहने डा. पौडेललाई उत्कृष्ट सेवा दिएको भन्दै सम्मान गरिएको हो । सो ग्रुपमा कर्मचारी व्यवस्थापनमा अव्वल मानिएका डा. पौडेलले यो सम्मानले आफुलाई करियर बृद्धिमा सहयोग पुग्ने अपेक्षा गरेको बताउनुभयो ।

उत्कृष्ट ठहर गर्दै संस्थाले हेल्थ केयर हिरो उपाधीले सम्मान गर्दा अझै दत्तचित्त भएर काम गर्ने प्रेरणा मिलेको डा. पौडेलले बताउनुभयो । एनआरएन अमेरीकाको बर्तमान अध्यक्ष रहेका डा. पौडेल आगामी कार्यकालका लागी पनि अध्यक्षको प्रमुख दाबेर हुनुहुन्छ ।