जलेश्वर स्थित रातुखोलामा एक पुरुषको लास | khabardiary.com
Menu

जलेश्वर स्थित रातुखोलामा एक पुरुषको लास

Wednesday, April 10th, 2019, 7:16 pm

महोत्तरी, चैत २७ गते ।महोत्तरीको रातु खोलामा एक एक पुरुषको लास फेला परेको छ । महोत्तरीको जलेश्वर नगरपालिका ८ स्थित रातु खोलामा बुधबार विहान अन्दाजी ३० वर्षको पुरुषको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।सेतो सेण्डो गंजी र निलो जिन्सपाइन्ट लगाएको श्यामल वर्णको पुरुषको शव रातु खोलाका बगरमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न सकेको छैन । अहिले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।