जनकपुरमा पोखरीमा एक महिलाको शव फेला | khabardiary.com
Menu

जनकपुरमा पोखरीमा एक महिलाको शव फेला

Saturday, April 13th, 2019, 9:49 am

जनकपुरधाम, चैत २९ गते ।जनकपुरको पोखरीमा एक महिलाको शव फेला परेको छ । जानकी मन्दिरको उत्तरपट्टी रहेको अंगराजसागर पोखरीमा एक महिलाको वेवारिशे शव शुक्रबार दिउँसो ४ बजे फेला परेको हो ।
महिलाको शवलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई शवबारे जानकारी गराएको थियो ।शुक्रबार विाहन मात्र उक्त पोखरीमा चैती छठ सम्पन्न भएको थियो । प्रहरीले महिलाको शवलाई निकालेर अनुसन्धान गरिरहेको छ । मृतक महिलाको उमेर करिश २५ वर्ष रहेको छ ।
महिलाको शव फेला परेको पोखरीको दक्षिणपट्टी जानकी प्रहरीचोकी रहेको छ । प्रहरीले घटना विषयमा अनुसन्धान थालेको छ ।