चमत्कारी फूलसँग सेल्फी खिच्ने र पूजापाठ गर्नेको घुइचो | khabardiary.com
Menu

चमत्कारी फूलसँग सेल्फी खिच्ने र पूजापाठ गर्नेको घुइचो

Sunday, April 14th, 2019, 10:44 pm

बैशाख १ गते,सिरहा ।राजा सलहेश र कुशमा अर्थात फूलबारीकी मालिनीबीच प्रगाढ प्रेम थियो । तर राजा सलहेशको पारिवारिक कारणले एक अर्कालाई ह्दयदेखि मन पराएको भएपनि सलहेश र कुशमाबीच बिहे हुन सकेन । राजा सलहेशको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रुखमा फूल फुल्छ ।
सलहेश फूलबारी लाहान नगरपालिकामा पर्छ । आज मात्र फुल्ने चमत्कारी फूल हेर्ने र राजा सलहेशको पूजापाठ गर्नेको घुइचो लागेको छ । मेला भर्न भारतबाट समेत हजारौ श्रद्धालु आइपुगेका छन् । यहाँ आएर भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । हेरौं  दृष्य :-