अस्पताल छ उपचार छैन | khabardiary.com
Menu

अस्पताल छ उपचार छैन

Friday, March 16th, 2018, 10:41 am

सिरहा,चैत १ गते । मिर्चैया –८ फुलबरिया चौरीमा घाँस काट्दैगर्दा रामबिलास साहको बायाँ हात काटियो । अर्को हातले थिचेर उनी नजिककै फुलबरिया स्वास्थ्य चौकी पुगे । घाउ गहिरो छ टाका लगाउनुपर्छ भन्दै स्वास्थ्यकर्मीले उनलाई प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया जान भन्यो । मंगलबार दिउँसो सवा तीन बजे उनी पुग्दा मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्र बन्द थियो।

अस्पतालको आकस्मिक कक्षदेखि ओपीडी कक्ष सबै बन्द थियो रामबिलासले नागरिकसँग भने,‘एकजना पनि स्वास्थ्यकर्मी थिएनन् ।’ अस्पतालको गेटैमा तीनवटा औषधी पसल छ। एउटा औषधी पसलमा अनमी रञ्जु यादव बसिरहेकी थिइन । रामबिलास रञ्जुसँग अस्पताल किन बन्द छ जिज्ञासा राख्दा उनले जवाफ फर्काइन,‘तीन बजेपछि अस्पताल कहाँ खुल्ला रहन्छ र।’

यो अस्पतालमा पुग्दा रामबिलास स्वास्थ्यकर्मीको पर्खाइमा ब्याकुल थिए । ‘सानो अस्पतालमा उपचार गराउन जाँदा उसल ठूलोमा जान भन्छ’ उनले गुनासो पोखे,‘ठूलो अस्पताल पुग्दा बन्द भैसक्यो भन्छन, अब कहाँ उपचार गराउनु ।’ गाउँमै सानो ठूलो गरी दुईवटा सरकारी अस्पताल छ तर, उपचार हुँदैन उनले भने, ‘यहाँ प्रायः डाक्टर भेटिदैन डाक्टर भेटिहाले औषधी भेटिदैन ।’ स्वास्थ्यकर्मी नहुँदा रामबिलास मिर्चैया बजारको निजी पोलिक्लिनिकमा उपचार गराएर घर फर्के । उनले भने,‘सरकारी अस्पतालमा निगरानी नहुँदा बेथिति बढ्दो छ।’ ‘जनप्रतिनिधि आएपछि बेथिति सुधार हुन्छ सोचेको थिए उनले भने,‘झनै बढेर गएको छ ।’ पहिला त अलि औषधीहरू प्नि दिन्थ्यो तर, जनप्रतिनिधि आएदेखि त्यो पनि बन्द भएको रामबिलासको अनुभूति छ।

अस्पतालकै अगाडि तीनवटा औषधी पसल छ । यी औषधी पसल यसै अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीहरूले सञ्चालन गरेको स्थानीयले बताए।

यो प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीका मेडिकल अधिकृत छैनन् । करारमा आएका दुईजना मेडिकल अधिकृत जितेन्द्र गुप्ता र मोहम्मद लाल राइन पनि छैनन् । गुप्ता अध्यनका लागि बाहिर गइसके भने राइन तालिममा छन् । हेल्थ असिस्टेन्टको दरबन्दी खाली छ । सिनियर अहेव दशरथ दाश र विजय महतो मध्ये महतो मिर्चैया नगरपालिकामा खटिएका छन्।

समितिबाट अनमी रञ्जु यादव, सिनियर अनमिहरू बिना राई, संगीता लामा , शान्ति धिमाल, स्टाफ नर्स टिंकु यादव सिएमए चन्द्र मण्डल सिएमए जयप्रकाश साह कार्यरत्त छन्।

बरियारपट्टी–३ की घुरनीदेवी ठाकुर नाति आदित्यको उपचार गराउन गाउँकै स्वास्थ्य चौकी बरियारपट्टी पुग्दा रितो हात फर्किएको गुनासो सुनाइन । रुघाखोकीसँगै ज्वरोका बिरामी नातिको उपचार गराउन जाँदा स्वास्थ्यकर्मीले पुर्जामा दबाई लेखेर उनलाई थमाइदियो। रुघाखोकी र ज्वरोको दबाई पनि बाहिरकै औषधी पसलबाट किन्नुपर्ने भए किन चाहियो सरकारी अस्पताल रु उनले प्रश्न गरिन। स्वास्थ्यकर्मीले माथीबाटै दबाई नआएपछि कहाँबाट दिनुभन्दै घुरनीदेवीलाई औषधी पसल जान सुझाए । घुरनीका अनुसार तिन महिना अगाडि नातीलाई उपचार गराउन आउँदा पनि किराको दबाई दिएर बाँकी औषधी पसलमा किन्न लगाएको थियो।

रुघाखोकी र ज्वरोले थलिएका १३ महिने छोरा अमर पासवानलाई काँखमा बोकेर भगवानपुर–२ की जानकीदेवी गाउँकै प्राथमिक स्वास्थ्य केन्द्र पुगिन। सरकारी अस्पतालमा भरपर्दो उपचारको आश पालेर छोराको उपचार गराउन गएकी जानकी निरास भएर फर्किन ।

छोरालाई रुघाखोजीसँगै ज्वरो आउने गरेको बताएपछि डाक्टरले पुर्जामा औषधी लेखिदिए जानकीले भनिन्,‘पुर्जा बोकेर काउन्टरमा पुग्दा औषधी बाहिर किन्नुपर्ने सुनाए ।’ यो पुर्जामा लेखिएको औषधी यहाँ छैन्, बाहिरको औषधी पसलबाट किनेर खुवाउनु भन्दै पुर्जा फर्काइदिएको उनले भनिन्। ‘सरकारी अस्पतालमा राम्रो उपचार हुन्छ सोंचेर आएको थिएँ उनले भनिन्,‘यहाँ आउँदा उल्टो पाएँ ।’ घरमात्रै ठूलो रहेछ, उपचार भरपर्दो छैन्, उनले गुनासो गरिन् ।’

हामी गरिब सस्तोमा भरपर्दो उपचार खोज्दै सरकारी अस्पताल पुग्छौं जानकी भन्छिन्,‘सरकारीमा निःशूल्क उपचार भनाई मात्रै रहेछ।’ औषधी मात्र नभई रगत्त, एक्सरेजस्ता परीक्षण गराउन पनि बाहिर पैसा खर्चिनुपर्छ, उनले भनिन्। खर्च भए त निजी अस्पतालमा गइहाल्थे नी उनले भनिन् । ‘सरकारी अस्पताल त खर्चाके भारी बोकाबै छै ९सरकारी अस्पताल पनि खर्चकै भारी बोकाउँछ० उनले भनिन्,‘गरिबका लागि सरकारी अस्पतालपनि भरपर्दो होइन रहेछ । साभार- पुर्बनचल एक्सप्रेस.काम