अध्यक्षमा दलबहादुर रानाको सम्भावना बलियो | khabardiary.com
Menu

अध्यक्षमा दलबहादुर रानाको सम्भावना बलियो

Tuesday, March 5th, 2019, 12:35 pm

जाजरकोट, फागुन २१ गते । गर्मी सुरु भएसँगै जाजरकोटको राजनीतिक माहोल तातिन थालिसकेको छ । नेपाल तरुण दल जिल्ला कार्यसमति जाजरकोट अध्यक्षका प्रत्यासी युवा नेता तथा व्यवसायि दलबहादुर रानाको चर्चा पनि चारैतिर चुलिन थालेको छ ।

१ दशकदेखि राजनीतिमा सक्रिय राना कुशल राजनीतिज्ञ र सफल युवा व्यवसायि भएकाले उनको चर्चा थप चुलिएको हो । आफ्ना लागि नभई पाटी जनताका लागि आईमान्दारीपुर्वक लामो समयदेखि राजनीतिमा सक्रिय भएकाले अध्यक्ष आफुले जित्ने उनको दाबी छ ।

बिजय भएपछि पार्टीले दिएको जिम्मेबारी ईमान्दारीका पुरा गर्ने बाचासमेत गरे । उनी तरुल दल भेरीनगर अध्यक्ष, सक्रिय सदस्य तथा तरुल दल महाधिवेसन प्रतिनीधि पनि हुन् । तरुण दलका अन्य आकांक्षीहरुको पनि नाम आउन थालेको छ । यद्यपी चुनाव कहिले हुने भने टुङ्गो लागेको छैन ।